भ्यालेन्सियाका मिडफिल्डर गोन्जालेज घाइते

भिल्ला रियलविरुद्धको खेलका क्रममा उनको बायाँ खुट्टामा चोट लागेको र अहिले उपचार भइरहेको क्लबले जनाएको छ।

ला लिगा क्लब भ्यालेन्सियाका मिडफिल्डर निको गोन्जालेज घाइते भएका छन्। नयाँ वर्षको पूर्वसन्ध्यामा भिल्ला रियलसँग भएको खेलको क्रममा उनले बायाँ खुट्टामा चोट बोकेका हुन्।

उक्त खेलमा भिल्ला रियलले भ्यालेन्सियालाई २-१ गोलले पराजित गरेको थियो। क्लबका अनुसार उनलाई खेलको दोस्रो हाफमा चोट लागेको हो।

"भिल्ला रियलविरुद्धको खेलमा उनको बायाँ खुट्टामा चोट लागेको छ। मेडिकल टोलीले उनको उपचार गरिरहेका छ", क्लबले विज्ञप्तिमा भनेको छ। मंगलबार २१ वर्षमा टेक्न लागेका उनले १३ ला लिगा खेले खेलिसकेका छन्। उनी ६ खेलमा भने पहिलो रोजाइमा मैदान उत्रिएका थिए।

अगस्टमा क्याटलान क्लब बार्सिलोनाबाट उनी लोनमा भ्यालेन्सिया आइपुगेका हुन्। उनले बार्सिलोनाको बी टिममा रहेर २७ खेल खेलेका थिए। बार्सिलोनाको सिनियर टोलीबाट पनि उनले २७ नै खेल खेले। सोक्रममा उनले २ गोल गरे।