पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा बुधबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको छ।

बैतडी– अविरल वर्षासँगै खसेको पहिराले बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा बुधबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए। 

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। यात्रु बीच बाटोमै अलपत्र परेका छन्। अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रवक्ता पाण्डेयले बताए।