एनपीएल अक्सनमा १५० खेलाडी छनोट, ८ खेलाडी ‘ए’ श्रेणीमा

एनपीएल अक्सनका लागि ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए। ती मध्येबाट क्यानको प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार १५० खेलाडी छनोट गरिएको हो।

काठमाडौँ– नेपाल प्रिमियर लिग सिजन २ का लागि १५० खेलाडी अक्सनमा छनोट भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार विज्ञप्ति जारी गर्दै १५० जना खेलाडीको सूची सार्वजनिक गरेको हो। 

क्यानका अनुसार एनपीएल अक्सनका लागि ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गराएका थिए। ती मध्येबाट क्यानको प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार अक्सनका लागि छनोट गरिएको हो।

अक्सन साउन २४ गते हुँदै छ। छनोटमा परेका १५० खेलाडीलाई विभिन्न श्रेणी (क्याटेगोरी)मा विभाजन गरिएको छ। जसअनुसार क्याटेगोरी ‘ए’मा ८ जना, ‘बी’मा ३५ तथा ‘सी’मा १०७ खेलाडी रहेका छन्।

क्याटेगफरी ‘ए’मा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेष्वाकर, मोहम्मद आदिल आलम, सूर्य तामाङ र सुनम गौतम रहेका छन्।