प्रतिनिधिसभा बैठकमा सांसद मनिष झाले मन्त्रिपरिषद्ले भाषा आयोगको सदस्यमा एक जनालाई नियुक्त गरेको तर नियुक्ति भने अर्कैले बुझेर काम गरिरहेको विषयमा संसद्को ध्यानाकर्षण गराएका हुन्।
काठमाडौँ– भाषा आयोगको सदस्य नियुक्तिमा भएको गडबडीको विषय संसद्मा उठेको छ।
बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद मनिष झाले मन्त्रिपरिषद्ले भाषा आयोगको सदस्यमा एक जनालाई नियुक्त गरेको तर नियुक्ति भने अर्कैले बुझेर काम गरिरहेको विषयमा संसद्को ध्यानाकर्षण गराएका हुन्।
“संवैधानिक नियुक्तिमा तीन वर्षसम्म अर्कै मान्छेले नाम मिल्यो भन्दैमा नियुक्ति/सुविधा खाएर बसेको रहेछ। देश कसरी चलेको रहेछ भन्ने कुराको यो एउटा उदाहरण हो,” सांसद झाले भनेका छन्, “खतरा तरिकाले देश चलाएका छौँ भनेर यहाँ उफ्रिने केही अग्रजहरूलाई यो तमाचा हो कि कसरी चलेको रहेको रहेछ । संवैधानिक नियुक्तिमा समेत यति हेलचेक्र्याइँ? यो एउटा कुरामा सबैको ध्यानाकर्षण गराउन चाहन्छु।”
मन्त्रिपरिषद् बैठकले २०७९ असार २१ गते भाषा आयोगको सदस्यमा प्राडा कृष्णप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको थियो। तर, एक सातापछि असार २८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियुक्तिपत्र भने कृष्णप्रसाद न्यौपानेलाई नियुक्तिपत्र दिएको थियो।
उनै कृष्णप्रसाद न्यौपानेले तीन वर्षदेखि आयोगका सदस्यको रूपमा आयोगले सम्पादन गर्ने काम गरिरहेको विषयमा उकालोले समाचार प्रकाशन गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
