मनसुन शुरू भएदेखि सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकासहित देशभर ४१ वटा स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ।
काठमाडौँ– मनसुन शुरू भएदेखि सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकासहित देशभर ४१ वटा स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ।
काठमाडौँ उपत्यकामा कोलमटेश्वर मन्दिर, धर्मस्थली, धापासी र ललितपुरको लेले तथा भक्तपुरको सानोठिमीमा मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ। त्यसैगरी कोशी प्रदेशअन्तर्गत मोरङको बखरी र ओखलढुंगाको हर्कपुर, मधेश प्रदेशस्थित सप्तरीको भारदह र बर्साइ, सिरहाको मिल, धनुषाको दुवरकोट, महोत्तरीको रघुनाथपुर र बनौटा, सर्लाहीको धरहरा, रौतहटको फतुवा, बाराको तेलकुवा र कलैया, पर्साको पोखरीया, बाग्मती प्रदेशस्थित मकवानपुरको सुनौला, काभ्रेको खालथोक र मंगलटार, नुवाकोटको खरानिटार, चितवनको भालढुंगा, दोलखाको लिंकन बजार र सिगंटी तथा रसुवाको तातेपानीमा बेस स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
त्यस्तै, गण्डकी प्रदेश अन्तर्गत पर्वतको खहरे, गोरखाको आरुघाट, पुर्वी नवलपरासीको चोरमारा, कास्कीको छाचोक, लुम्बिनी प्रदेशस्थित बर्दियाको राजापुर, रुपन्देहीको बुटवल, बाँकेको कुण्डा र कचनापुर, गुल्मीको तुराङ्ग र पाल्पाको दोभानमा, कर्णाली प्रदेशस्थित जुम्लाको बड्की, मुगुको डिमुरखारा र जाजरकोटको दल्ली र सुदूपश्चिम प्रदेशमा कैलालीको खानीडाँडा र डोटीको बुडरमा मनसुन प्रतिकार्य सुरक्षा बेस स्थापना गरिएको छ।
आपद् विपद्मा परेका आम नागरिकहरूको उद्धार कार्यमा सहज होस् भन्ने अभिप्रायले यस्ता बेस स्थापना गरिएका हुन्। सशस्त्र प्रहरीले वर्षाको कारण जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी उक्त बेसहरूमा विपद् उद्धार सामाग्रीसहितको सुरक्षा फौज तयारी हालतमा राखेको जनाएको छ।
यसअघि सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका रहने भएकोले देशभरि १ लाख ६८ हजार ९५६ जना विपद् सूचक तयार गरेको छ। आपद् विपद्मा परेका नागरिकहरूको उद्धार तथा सहयोगमा सुरक्षाकर्मीसहित कसरी परिचालन हुने तथा खबर आदानप्रदान गर्ने भन्नेबारे जानकारी गराइएको छ।
उनीहरूले मनसुनको बेला विपद्मा परेका आम नागरिकहरूको उद्धारको लागि नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाललाई जानकारी गराउनासाथ विपद् उद्धार सामाग्रीसहितको सुरक्षा फौज परिचालन हुनेछ। यसका साथै देशभर ९९० जनालाई विपद् स्वयंसेवक अनुशिक्षण तालिम पनि दिइएको छ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपालले आफ्नो वेबसाइटमार्फत विपद्मा परेका नागरिकहरूको तत्काल उद्धार तथा सहयोग गर्नको लागि टोल फ्रि नम्बर १११४ तथा सशस्त्र प्रहरी बल नेपालको कार्यालय तथा कार्यालय प्रमुखहरूको नम्बरसमेत उल्लेख गरेको छ। यसबाट विपद्मा परेका नागरिकहरूले तत्कालै उद्धारको लागि सम्पर्क गर्न सक्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
