झन्डै साढे ३ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि भएको भन्दै १ वर्ष कैद सजाय र त्यति नै बिगो बराबरको जरिबाना हुने फैसला गरेको छ। अर्को मुद्दामा सजाय निर्धारण भएको छैन।
काठमाडाैँ– सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई विशेष अदालतले हानी नोक्सानी र गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरेको छ।
अदालतका अध्यक्ष तथा न्यायाधीश टेक नारायण कुँवर र सदस्यहरू न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार उनलाई दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले दायर गरेका विभिन्न चार वटामध्ये हानिनोक्सानी मुद्दामा थापासहित लिलाकुमारी मोक्तान, विमलकुमार पोखरेल, विश्वराज पोखरेल, सागर पौडेल र मैथुर चौधरी गरी ६ जना प्रतिवादी थिए। तिमध्ये मिसिल संलग्न प्रमाणहरूबाट मेयर थापा, विमलकुमार पोखरेल र विश्वराज पौडेलले बागमती नगरपालिकाको नदीजन्य पदार्थ हानिनोक्सानी गरेको अदालतले पुष्टि गरेको छ। यो मुद्दा भरत ताल निर्माणका क्रममा भएको अनियमिततासँग सम्बन्धित छ।
तीनै जनाले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँबराबरको नदीजन्य पदार्थ हानिनोक्सानी गरेको देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर गरेको ठहर्ने फैसला भएको हो। सजाय निर्धारणका लागि यही साउन २९ गतेका लागि पेसी तोकिएको छ।
बाँकी प्रतिवादी लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीले आरोपदाबी बमोजिमको कसूर गरेको मिसिल संलग्न प्रमाणहरूबाट पुष्टि हुन नआएकोले उनीहरूलाई भने सफाइ दिने फैसला गरेको छ।
यस्तै, गैरकानूनी सम्पत्ति आर्जनमा पनि विशेष अदालतले थापालाई दोषी ठहर गरेको छ। उनको आय-व्ययको मूल्यांकन गर्दा कुल आय ९ करोड १४ लाख ३१ हजार रुपैयाँ रहेकोमा कुल व्यय १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ रहेको देखिएको फैसलामा उल्लेख छ। यसरी उनले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि हुने भएकाले एक वर्ष कैद सजाय र त्यति नै बिगो बराबरको जरिबाना हुने फैसला गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
