मानव बेचबिखन अनुसन्धान ब्युराेकाे टोलीले बुधबार राति काठमाडौँबाट एक जना आरोपितलाई पक्राउ गरेको छ।
काठमाडौँ– सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई भारत लगेर मिर्गौला झिकेको आरोपमा एक जना पक्राउ परेका छन्।
मानव बेचबिखन अनुसन्धान ब्युराेकाे टोलीले बुधबार राति काठमाडौँबाट एक जना आरोपितलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरले जानकारी दिए।उनले पक्राउ परेका व्यक्तिको पहिचान खुलाउन चाहेनन्।
अहिले सनाखत भइरहेको र दिउँसोसम्ममा उनलाई सार्वजनिक गर्ने प्रवक्ता कुँवरले बताए। पोखरामा मजदुरी गर्ने भुजेलले आफूलाई अपरिचित व्यक्तिले जागिर लगाइदिने भन्दै भारत पुर्याएको बताएका छन्। त्यहाँ आफूलाई बेहोस बनाएर आफ्नो मिर्गौला झिकिएको उनको भनाइ छ। भुजेलका अनुसार नेपाल आएपछि मात्रै उनले मिर्गौला झिकिएको थाहा पाएका थिए।
यो पनि: भारत पुर्याएर मिर्गौला झिकियो, नेपाल आउँदासम्म थाहा पाएनन्
भुजेल परिवारले गत सोमबार प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले उनलाई भारत पुर्याउनेको खोजी शुरू गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
