सन् २०२१ मा बाइडेन र पुटिनबीच जेनेभामा भेटवार्ता भएयता बहालवाला अमेरिकी र रुसी राष्ट्रपतिबीच हुन लागेको यो प्रत्यक्ष भेटघाटलाई महत्त्वका साथ हेरिएको छ।
काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादमिर पुटिनबीच चाँडै भेटवार्ता हुने अमेरिकी समाचार एजेन्सी सीएनएनले जनाएको छ।
सीएनएनका अनुसार क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभले ट्रम्प र पुटिनबीच केही दिनमा भेट्ने सहमति भएको बिहीबार बताएका छन्। उनले यसका लागि दुवै पक्षबाट पहिलेदेखि नै तयारी भइरहेको पनि जानकारी दिए।
भेटवार्ता ठ्याक्कै कहिले हुन्छ भनेर भन्न गाह्रो भएको उनको भनाइ छ। तर रुसी स्टेट मिडिया आरआईएसँगको कुराकानीमा उशाकोभले सकभर अर्को हप्तासम्म भेटवार्ता गर्ने लक्ष्य रहेको जानकारी दिएका हुन्। उशाकोभले बैठक कहाँ हुने भनेर पुष्टि नगरे पनि स्थान पहिले नै सहमति भइसकेको र ‘पछि घोषणा गरिने’ बताएका छन्।
सन् २०२१ को जुनमा पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले जेनेभामा पुटिनलाई भेटेका थिए। त्यसयता बहालवाला अमेरिकी र रुसी राष्ट्रपतिबीच यस्तो प्रत्यक्ष भेटघाट भएको छैन। त्यसैले पनि यस भेटघाटलाई महत्त्वका साथ हेरिएको छ।
यही समयमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित भेटवार्ता गर्न ह्वाइटहाउसले पहल गरिरहेको छ। पुटिन र जेलेन्स्कीले पनि सन् २०१९ को डिसेम्बरयता भेटेका छैनन्। युद्धको विषयलाई लिएर एकअर्कालाई दोषारोपण गर्दै आएका छन्।
वाशिंटन र क्रेमलिन दुवै पक्षले युक्रेन मुद्दाको विषयलाई लिएर कुराकानी अघि बढाएका थिए। साथै, मस्को र वाशिंटनबीच रणनीतिक सहयोग विकास गर्ने सम्भावनाको बारेमा पनि छलफल गरेका उशाकोभले बताए। उशाकोभका अनुसार मस्कोले पुटिन, ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच त्रिपक्षीय वार्ताको लागि एक दिनअघि अमेरिकी विशेष दूत स्टीव विटकफले राखेको प्रस्तावको जवाफ दिएको छैन।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले भनिन्, "रूसीहरूले राष्ट्रपति ट्रम्पसँग भेट्ने इच्छा व्यक्त गरेका छन्, र उहाँ (ट्रम्प) राष्ट्रपति पुटिन र राष्ट्रपति जेलेन्स्की दुवैसँग भेट्न खुला हुनुहुन्छ।"
बुधबार पुटिन र अमेरिकी विशेष दूत स्टिभ विटकफबीच क्रेमलिनमा भएको भेटघाटपछि यी विवरणहरू बाहिर आएका हुन्। ट्रम्पले ट्रुथ सोसल पोस्टमा 'ठूलो प्रगति' हासिल गरेको बताएका थिए, यद्यपि पछि उनले यसलाई सफलता नभन्ने बताए।
अमेरिकी दूत विटकफले भने ट्रम्पलाई रिपोर्ट नगरेसम्म भेटवार्ताबारे थप जानकारी दिन अस्वीकार गरेका रोयटर्सले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
