बौद्धमा युवकमाथि खुकुरी प्रहार, दुई जना पक्राउ

काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रतीकात्मक तस्वीर

काठमाडौँ– काठमाडौँको बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक कुलदीप चन्दका अनुसार, पक्राउ पर्नेहरूमा धनकुटाका आशिष राई (२०) र मोरङका शंस्कार मगर (१८) रहेका छन्। उनीहरू दुवै हाल काठमाडौँको गोकर्णेश्वरमा बस्दै आएका थिए।

उनीहरूलाई साउन १८ गते राति गोकर्णेश्वर–६, नारायणटारमा मकवानपुरका २७ वर्षीय सुरेन्द्र थोकरलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा पक्राउ गरिएको हो। घाइते थोकरको अहिले वीर अस्पतालमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।