मिर्गौला दिन इन्कार गरेपछि गिरोहले सबै खर्च तिर्नुपर्ने भन्दै धम्की दिए साउन ९ गते चण्डीगढको एक क्लिनिकमा पीडितको बायाँ मिर्गौला निकालेको प्रहरीले जनाएको छ।
काठमाडौँ– नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले संगठित रूपमा मिर्गौला झिकेर अवैध कारोबार गर्ने कार्यमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। विशेष अपरेसनका क्रममा उनीहरूलाई काठमाडौँ र काभ्रेबाट पक्राउ गरिएको हो।
सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई भारत लगेर मिर्गौला झिकेको आरोपमा पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–१० का राजकुमार परियार (३५), नुवाकोट बेलकोटगढी नगरपालिका–९ का समीर नेपाली (२४) र सोही नगरपालिका वडा नम्बर ४ राकेश नेपाली (४७) रहेका छन्। यसअघि ब्युरोले यो घटनामा चार जना पक्राउ परेको जानकारी दिएको थियो, तर विज्ञप्तिमा भने तीन जनाको मात्र विवरण सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार, गिरोहले भुजेललाई भारतको चण्डीगढस्थित होटलमा राम्रो जागिर लगाइदिने प्रलोभन दिएको थियो। गिरोहले जेठमा काठमाडौँबाट बुटवल, भैरहवा हुँदै सुनौली बोर्डर पार गराएर भारत पुर्याएपछि उनलाई एक महिनासम्म अपार्टमेन्टमा राखी मेडिकल जाँच गराइएको थियो। तर मिर्गौला दिन इन्कार गरेपछि उनलाई सबै खर्च तिर्नुपर्ने भन्दै धम्की दिइएको थियो।
डरत्रास देखाए साउन ९ गते चण्डीगढको एक क्लिनिकमा पीडितको बायाँ मिर्गौला निकालिएको प्रहरीले जनाएको छ। मिर्गौला निकालेबापत ६ लाख रुपैयाँ दिने भनिए पनि उनलाई पैसा नदिई साउन १५ गते नेपाल फर्काइएको थियो।
“प्रतिवादी समीर नेपाली र राकेश नेपालीले जाहेरवालालाई रेखदेख गरी करिब एक महिना राखेपछि तिम्रो मिर्गौला निकालेबापत तिमीलाई नेपाली ६ लाख रकम आउँछ, निकालिसकेपछि नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाएकोमा जाहेरवालाले सो कुरा इन्कार गर्दा हालसम्म लागेको सम्पूर्ण खर्च बेहोर्नुपर्ने भनी डर त्रास, करकापमा पारी चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा साउन ९ गते बायाँ मिर्गौला झिकिएको... काठमाडौँ आइपुगेपछि पैसासमेत नदिएको,” जाहेरीवालाको बयान उद्धृत गर्दै ब्युरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यसपछि उनको उजुरीका आधारमा प्रहरीले अनुसन्धान शुरू गरी साउन २१ गते समीर र राकेशलाई काठमाडौँबाट र साउन २२ गते राजकुमारलाई काभ्रेबाट पक्राउ गरेको हो। उनीहरूलाई थुनामा राख्न काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिए ब्युरोले यस घटनालाई संगठित अपराध निवारण ऐन, २०७० बमोजिम अनुसन्धान अघि बढाएको छ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार, गिरोहले कमजोर आर्थिक अवस्थाका व्यक्तिलाई निशाना बनाई अवैध कारोबार गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दर्जनौँ अन्य मानिसको पनि मिर्गौला अवैध रूपमा बेचबिखन भएको आशंकामा थप अनुसन्धान जारी रहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
