भारतको उत्तराखण्डस्थित उत्तरकाशीको हर्सिल क्षेत्रमा आएको भीषण बाढी र पहिरोमा परी मजदुरी गर्न गएका जाजरकोटको कुशे गाउँपालिकाका १३ जना सम्पर्कविहीन भएका छन्।
सुर्खेत– भारतको उत्तराखण्डस्थित उत्तरकाशीको हर्सिल क्षेत्रमा आएको भीषण बाढी र पहिरोमा परी मजदुरी गर्न गएका जाजरकोटको कुशे गाउँपालिकाका १३ जना सम्पर्कविहीन भएका छन्। गाउँपालिकाले उनीहरूको खोजी र उद्धारका लागि नेपाल सरकारलाई कूटनीतिक पहल गरिदिन आग्रह गरेको छ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार एक विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिए। “बाढीपछि बेपत्ता भएकाहरू हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरूसित सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन्,” उनले भने।
बेपत्ताको खोजी गरिदिन गाउँपालिकाका अध्यक्ष बस्नेतले परराष्ट्र मन्त्रालयसँग अनुरोध गरेका छन्। सोही क्षेत्रमा मजदुरी गर्दै आएका कुशे गाउँपालिकाका अन्य वडाका केही बासिन्दा पनि सम्पर्कमा नरहेको भन्ने खबर प्राप्त भएको अध्यक्ष बस्नेतले बताए।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बाढीमा परेर स्थानीय केही व्यक्ति बेपत्ता भएको कुशे गाउँपालिकाले जानकारी दिएको बताए।
“जिल्लाका सबै स्थानीय तह र त्यहाँ रहेका प्रहरी चौकीलाई पत्राचार गरेर हर्सिल क्षेत्रमा काम गर्न गएका जाजरकोटबासीको नाम संकलन गर्न निर्देशन दिएको छु। गृह मन्त्रालयमा समेत सोही अनुसारको जानकारी गराएको छु”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
