देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ।

देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। 

दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र कर्णालीको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यसैगरी, राति देशभर साधारणतया बदली रहनेछ। 

मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराई भूभागका केही तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ। कोशीका पहाडी भूभागमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।