गाजा पट्टीमा मानवीय सहायताको प्रतीक्षामा रहेका मानिसलाई लक्षित गरी इजरायली सेनाले चलाएको गोलीबाट पूर्वफुटबल खेलाडी ४१ वर्षीय ओबेदको मृत्यु भएको प्यालेस्टिनी फुटबल संघले जनाएको छ।
इजरायली सेनाले प्रहार गरेको गोली लागेर ‘प्यालेस्टिनी पेले’ भनेर चिनिने प्यालेस्टिनी राष्ट्रिय टोलीका पूर्वफुटबल खेलाडी सुलेमान अल-ओबेदको मृत्यु भएको छ।
गाजा पट्टीमा मानवीय सहायताको प्रतीक्षामा रहेका मानिसलाई लक्षित गरी इजरायली सेनाले चलाएको गोलीबाट ४१ वर्षीय ओबेदको मृत्यु भएको प्यालेस्टिनी फुटबल संघ (पीएफए)ले जनाएको छ।
गाजा पट्टीमा भोकमरीको संकट बढिरहेका बेला, संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले मे महिनाको अन्त्यदेखि यस क्षेत्रमा खाद्यान्न सहायता लिन खोजिरहेका एक हजार तीन सयभन्दा बढी प्यालेस्टिनीको हत्या भएको बताएको छ।
गाजाको खादामत अल–शती क्लबका पूर्वस्टार ओबेदले प्यालेस्टिनी राष्ट्रिय टोलीका लागि २४ अन्तर्राष्ट्रिय खेल खेलेका थिए। पीएफएका अनुसार, आफ्नो लामो करियरमा उनले १०० भन्दा बढी गोल गरेका थिए।
मिडफिल्डर ओबेदले सन् १९६७ देखि इजरायलले कब्जा गरेको वेस्ट बैंकको अल-अमारी युथ सेन्टर क्लबका लागि पनि खेलेका थिए। सन् २०१० मा उनी मौरिटानियामा मैत्रीपूर्ण खेलका लागि जाँदै गर्दा 'सुरक्षा कारण' देखाउँदै जोर्डन सीमाबाट फर्काइएका ६ जना राष्ट्रिय खेलाडीमध्ये एक थिए। त्यसबेला उनले भनेका थिए, “हामी संसारका अन्य ठाउँका खेलाडीजस्तै आफ्ना परिवारसँग स्वतन्त्र रूपमा यात्रा गर्न सक्षम हुन चाहन्छौँ।”
गाजा शहरमा जन्मेका ओबेद विवाहित थिए र उनका पाँच सन्तान थिए। प्यालेस्टिनी लडाकु समूह हमासले सन् २०२३ को अक्टोबरमा इजरायलमा गरेको आक्रमणबाट शुरू भएको गाजा युद्धयता खेलकुद र स्काउटिङ क्षेत्रका ६६२ जनाको मृत्यु भइसकेको छ। तीमध्ये ३२१ जना फुटबल समुदायका छन्।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलको आक्रमणबाट गाजामा कम्तीमा ६१ हजार २५८ जनाको ज्यान गएको छ। आधिकारिक तथ्यांकमा आधारित एएफपीको तथ्यांकअनुसार सन् २०२३ मा इजरायलमा भएको आक्रमणमा एक हजार २१९ जनाको मृत्यु भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
