महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारी चलाउन रोक

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

कञ्चनपुर– महाकाली नदीमा पानीको बहाव बढेकाले शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, महाकालीमा पानीको बहाव एक लाख ३ हजार क्युसेक पुगेपछि यो निर्णय लिइएको हो। 

प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चारपांग्रे सवारी आवागमनमा रोक लगाउने गरिन्छ।

वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने क्रम जारी छ।