एशियन कप छनोट: नेपालसँग साउदी पराजित

थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार भएको खेलमा नेपालले साउदी अरबलाई  १–० गोलले पराजित गरेको छ। योसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ।

काठमाडौँ– नेपालले एएफसी महिला यू२० एशियन कप छनोटमा जित हासिल गरेको छ।

भुटानको थिम्पुस्थित चामलिमिथाङ रंगशालामा शुक्रबार भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई  १–० गोलले हराउँदै जित हासिल गरेको हो। योसँगै नेपालले दुई खेलमा चार अंक जोडेको छ।

पहिलो खेलमा नेपाल घरेलु टोली भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो। यस जितसँगै नेपालले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी एसियन कपमा छनोट हुने सम्भावनालाई कायमै राखेको छ। त्यस्तै, यस हारसँगै साउदी भने एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालको जितमा सुक्रिया मियाँले गोल गरिन्। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा गोल गर्दै नेपाललाई जित दिलाइन्। अब नेपालले आइतबार उत्तर कोरियासँग खेल्नेछ।