पहिरोले करिडोर अवरुद्ध भएपछि मुस्ताङ जाने पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौली जाने सवारीसाधन बाटोमै रोकिएका छन्।
ढोरपाटन– अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। शुक्रबार दिउँसोदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो।
करिडोरको बागलुङ नगरपालिका–१२ कालाखोलामा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी जानकारी दिए। करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधान ठप्प भएको उनको भनाइ छ। अहिले भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने भन्दै वर्षा रोकिएपछि खुलाउने उनले बताए।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात विच्छेद भएको छ। पहिरोले करिडोर अवरुद्ध भएपछि मुस्ताङ जाने पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौली जाने सवारीसाधन रोकिए प्रहरी निरीक्षक थापाले बताए।
उनले भने, “पहिराले करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ, सवारीसाधन ओहोरदोहोर गर्ने अवस्था छैन, अहिले पनि भारी वर्षा भइरहेको हुँदा तत्काल सडक खुलाउन सक्ने अवस्था छैन, वर्षा रोकियो भने बिहानसम्म मेसिन लगाएर खुलाउने छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
