सुनसरीको इटहरी–धरान सडकखण्डमा बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ।
सुनसरी–सुनसरीको इटहरी उपमहानगरपालिका–२०, पानीपिया जंगलमा शनिबार स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को २२ प २१२५ नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा स्कुटरमा सवार दुई जना गम्भीर घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको थिए।
मृत्यु हुनेहरूमा झापाको विर्तामोड नगरपालिका–५ का स्कुटर चालक सुजन विक र पछाडि सवार सुरज विक रहेका छन्। उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउँसो १२:३० बजे निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।
प्रहरीले बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रेम मगरलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
