गृहमन्त्री रमेश लेखकले धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न भएका छन्।
काठमाडौँ– कैलालीको धनगढीस्थित कारागारमा भएको असहज परिस्थितिका विषयमा छलफल गर्न गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएका छन्।
कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिबारे समीक्षा गर्न गृहमन्त्री लेखकले शनिबार साँझ ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाएको उनको सचिवालयले जनाएको छ।
छलफलमा गृहसचिव गोकर्णमणि दुवाडी र सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायतका अधिकारीहरू सहभागी हुनेछन्।
कैलालीमा कैदीबन्दीहरूबीच गएराति भएको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका छन्। घाइतेहरूको धनगढीमा उपचार भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
