दिपा दाहालको पहिलो कथासंग्रह ‘विजयिनी’ विराटनगरमा लोकार्पण गरिएको छ।
काठमाडौँ– दिपा दाहालको पहिलो कथासंग्रह ‘विजयिनी’ शनिबार विराटनगरमा एक कार्यक्रमका बीच सार्वजनिक भएको छ। सांग्रिला बुक्सले प्रकाशन गरेको यो कृतिको लोकार्पण कवि तथा लेखक कुन्ता शर्मा, उपप्राध्यापक डा. अस्मिता विष्ट र लेखक दाहालले संयुक्त रूपमा गरेका हुन्।
कार्यक्रममा बोल्दै शर्माले विजयिनीलाई विचार र शिल्प दुवै कोणबाट उत्कृष्ट कथाहरूको संगालो भएको बताइन्। उनले दाहालका कथाहरूमा समाजको दुरुस्त चित्रण भएको र पहिलो कृतिमै गम्भीर लेखनको झलक दिएको भन्दै प्रशंसा गरिन्। शर्माले यसका कथाहरूमा बीपीका कथाहरूमा जस्तै समाजको सूक्ष्म र रोचक चित्रण गरिएको पनि उल्लेख गरिन्।
उपप्राध्यापक डा. विष्टले विजयिनीका पात्रहरूले विभेद र हिंसाको यथास्थिति अस्वीकार गर्ने विद्रोही स्वभाव बोकेको बताइन्। उनले लेखकले पुरुष मनोविज्ञान र आदिवासी संस्कृतिलाई पनि रोचक तरिकाले प्रस्तुत गरेको भन्दै विशेषतः युवा पाठकहरूका लागि यो कृति नेपाली समाजमा महिलाको अवस्था बुझ्नका लागि पढ्नै पर्ने पुस्तक भएको बताइन्।
लेखक दाहालले आफ्नी हजुरआमाले सुनाएका कथाले लेखकीय भाव जागृत भएको बताउँदै आफूले कथामार्फत समाजको यथार्थतालाई विद्रोहको स्वर दिएको बताइन्। कार्यक्रममा आरोहण गुरुकुलका कलाकार प्रदीप दाहालले विजयिनीको ‘दोसल्ला’ कथा वाचन गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
