लमजुङमा निर्माणधीन सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत एक जना कामदारको पहिरोले पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
लमजुङ– मस्र्याङ्दी गाउँपालिका–६ मा निर्माणाधीन ४०.२७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुरको शनिबार पहिरोमा पुरिएर मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराका अनुसार दिउँसो आएको पहिरोले बेँसीसहर नगरपालिका–८ का ४४ वर्षीय लगनध्वज गुरुङको मृत्यु भएको हो।
सोही घटनामा दोर्दी गाउँपालिकाका २१ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिकाका ३५ वर्षीय प्रीतम लामा र प्यूठानका २५ वर्षीय विकास विष्ट घाइते भएका छन्। उनीहरूको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, आयोजनाको काम सकेर क्याम्पमा खाना खाँदै गरेका बेला अचानक पहिरो आएको थियो। भाग्ने क्रममा करिब ४० जना कामदारमध्ये चार जना पहिरोमा परेका थिए। अन्य ३६ जना भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
