गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार गम्भीर घाइते एक जनालाई थप उपचारका लागि काठमाडौँ ल्याउन हेलिकप्टर पठाइएको छ।
काठमाडौँ– कैलालीको धनगढीस्थित कारागारमा भएको कैदीबन्दीबीचको झडपपछि उत्पन्न परिस्थितिलाई सहज बनाउन गृह मन्त्रालयले चासो देखाएको छ। यसै क्रममा गम्भीर घाइते भएका एक जना कैदीलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ।
शुक्रबार राति भएको झडपमा एक जनाको मृत्यु र ४७ जना घाइते भएपछि गृहमन्त्री रमेश लेखकको नेतृत्वमा शनिबार गृहसचिव र तीनवटै सुरक्षा निकायका प्रमुखबीच घटनाबारे छलफल भएको थिए।
छलफलका क्रममा कारागारको सुरक्षा व्यवस्था कडा पार्ने र थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गर्ने निर्णय भएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, झडपमा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ। यसका लागि गृह मन्त्रालयले नेपाली सेनाको स्काई ट्रक सुर्खेतबाट धनगढी पठाइसकेको उनले बताए।
अन्य घाइतेहरूको उपचारका लागि पनि आवश्यक प्रबन्ध मिलाइएको प्रवक्ता काफ्लेले जानकारी दिए। बैठकमा कारागारको आन्तरिक सुरक्षा र समग्र अवस्थाबारे छलफल भएको उनको भनाइ छ।
शुक्रबार राति ब्लक ‘ए’ र ‘बी’का कैदीबन्दीबीच भएको झडपमा धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो। घटनामा घाइते भएका अन्य कैदीबन्दीको सेती प्रादेशिक अस्पतालनजिकै कोरोनाकालमा निर्माण गरिएको अस्पतालमा उपचार भइरहेको छ।
यसअघि बिहीबार राति र असार २८ गते पनि कैदीबन्दीबीच कुटाकुट भएको थियो। कारागारका कर्मचारी रामप्रसाद चौधरीका अनुसार, कैदीबन्दीको सरुवाबारे मतभेद हुँदा बारम्बार विवाद उत्पन्न हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
