कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान

कोशी, बागमती, गण्डकीका पहाडी भूभागका केही र मधेशका अधिकांश भूभागमा मध्यम वर्षाको सम्भावना छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकीका पहाडी भूभागका केही र मधेशका अधिकांश भूभागमा मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ। मधेशलगायत कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। 

कोशी, बागमती र गण्डकीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।