जनकपुरमा रेल र कार ठोक्किए

महोत्तरीको पिपराढी स्टेसनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेल कारसँग ठोक्किएको छ। कारमा तीन जना सवार थिए। उनीहरूलाई सामान्य चोटपटक लागेको छ।

महेन्द्रनगर– धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ।

बागमती प्रदेश०१-०२५च १२९० नम्बरको कार बिहान साढे ८ बजे महोत्तरीको पिपराढी स्टेसनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो। दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिए।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो। कारमा तीन जना सवार थिए। उनीहरूलाई सामान्य चोटपटक लागेको छ भने कारमा क्षति पुगेको छ। 

दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ।