सामाजिक सुरक्षा र बालपोषण भत्ताको रकम नपाएको भन्दै रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।
रौतहट– लामो समयसम्म सामाजिक सुरक्षा र बालपोषण भत्ताको रकम नपाएको भन्दै रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।
नगरपालिकाले सामाजिक सुरक्षा र बालपोषण भत्ताको रकम गएको असार ११ गते नै एनआईसी एशिया बैंकको सिमरा भवानीपुर शाखामा जम्मा गरिदिएको थियो। तर, अहिलेसम्म पनि लाभग्राहीहरूले रकम पाउन सकेका छैनन्।
गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय नारायण देवकोटाले रकम बैंकमा जम्मा गरिए पनि वितरण हुन नसक्नु दुःखद भएको बताए। उनले आफू यस कार्यालयमा हाजिर भएपछि सामाजिक सुरक्षा भत्ता वितरणलाई पहिलो प्राथमिकता दिएको उल्लेख गरे।
लाभग्राहीहरूका अनुसार, एक वर्षदेखि बालपोषण भत्ताको रकम बैंकले वितरण गरेको छैन। भत्ता लिन जाँदा बैंकले कर्मचारीको अभाव देखाउने गरेको उनीहरूको गुनासो छ।
बैंकका शाखा प्रबन्धक सदेउ परवेजले तालिका प्रकाशनमा ढिलाइ भएकाले भत्ता वितरणमा ढिलाइ भएको स्वीकार गरे। उनले अब छिट्टै वितरण गरिने जानकारी दिए।
नगरपालिकाका अनुसार, तीन हजार ३०० ज्येष्ठ नागरिक र पाँच हजार ४०० बालपोषण भत्ता बुझ्ने लाभग्राहीका लागि बैंकमा क्रमशः पाँच करोड र ९४ लाख रुपैयाँ जम्मा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
