स्कुटरलाई ठक्कर दिएपछि ट्रक अनियन्त्रित भई पल्टिँदा स्कुटरमा सवार व्यक्ति र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१० स्थित सिस्नेपुलमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार, नारायणघाटबाट कावासोतीतर्फ जाँदै गरेको ना५ख ८४१७ नम्बरको ट्रकले नारायणघाटतर्फ जाँदै गरेको लु५५प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट स्कुटरमा सवार व्यक्ति र अनियन्त्रित भई पल्टिएको सोही ट्रकका चालकको मृत्यु भएको हो।
दुवै जनाको शव चितवनको भरतपुर अस्पतालमा राखिएको छ भने उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
