बैंकको रकम ‘वन एक्स बेट’ नामक प्रतिबन्धित अनलाइन जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकिङ कसुरमा चार कर्मचारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दार्चुला– रकम अपचलन गरेको अभियोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित महालक्ष्मी विकास बैंकका चार जना कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शाखा प्रबन्धक सागर शाही, निर्मला साउद, धनन्जय पन्त र अम्बादत्त पन्त रहेका छन्। बैंकको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
उनीहरूमाथि मिलेमतोमा बैंकको दुई करोड ८४ लाख ७६ हजार ७०० रुपैयाँ अपचलन गरेको आरोप छ। रकम अपचलन भएको पाइएपछि महालक्ष्मी विकास बैंकको केन्द्रीय कार्यालयको टोली गत बिहीबार गोकुलेश्वर पुगेको थियो।
बैंकको प्रारम्भिक अनुसन्धानबाट कर्मचारीहरूले बैंकको पैसा ‘वन एक्स बेट’ नामक प्रतिबन्धित अनलाइन जुवामा लगाएको खुलेको थियो। मिलेमतोमा रकम अपचलन भएको भन्दै बैंकले उनीहरूलाई निलम्बन गरिसकेको छ। उनीहरूले बैंकको मूल खातामा रकम मौज्दात देखाएर गैरकानूनी तरिकाले हिनामिना गरेको पाइएको छ।
यसरी बैंकको रकम अवैध जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकिङ कसुरमा चारै कर्मचारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए। बैंकले हेमराज जोशीलाई शाखा प्रबन्धकको जिम्मेवारी दिएर शाखा सञ्चालन गरिरहेको छ। उक्त बैंकको कामकाज आजदेखि निरन्तर रूपमा चलेको शाखा प्रबन्धक जोशीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
