केही वर्ष पहिलेदेखि शुरू भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा बर्सेनि झनै बढ्दै गएको र जोखिम बढिरहेको स्थानीयले गुनासो गरेका छन्।
पर्वत– लगातारको वर्षाका कारण जिल्लाको मोदी गाउँपालिका वडा नं २ देउपुरको कोरुंगा गाउँ जोखिममा परेको छ।
भिरबाट पहिरो झर्ने क्रम नरोकिएपछि सिंगो गाउँ नै जोखिममा परेको हो। यहाँ आधा दर्जन घरपरिवारको बसोबास रहेको छ। पातीचौर–देउपुर–लप्सीवोट सडक निर्माणपछि करिब एक दशकदेखि सुरू भएको कोरुंगाको पहिरो बढ्दै गएर बस्तीतर्फ पुगेको हो। अहिले यहाँका पाँच घरपरिवार उच्च जोखिममा परेका छन्।
पहिरोका कारण स्थानीय टीकाराम जैसीको घर भत्किएको छ भने कुमार केसीको घर उच्च जोखिममा परेको छ। पहिरोले घर नै क्षतिग्रस्त भई बस्न अयोग्य भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा सरसामान सुरक्षित स्थानतर्फ सारिएको छ भने बस्नको लागि अस्थायी टहरासमेत निर्माण गरिएको छ।
पहिरो रोकथामको प्रयास नहुँदा यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेको बाबुराम जैसीले जानकारी दिए।
केही वर्ष पहिलेदेखि शुरू भएको पहिरोको रोकथामका लागि आवश्यक पहल हुन नसक्दा बर्सेनि झनै बढ्दै गएको र जोखिम बढिरहेको स्थानीयले गुनासो गरेका छन्। पहिरो झर्ने क्रम नरोकिएकाले जुनसुकै बेला बस्ती नै दुर्घटनामा पर्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।
गत वर्ष सोही पहिरोको कारण गाउँपालिकाको केन्द्रदेखि वडा नं १, २, ३ र ४ जोड्ने मुख्य सडक तीन महिना पूर्णरूपले अवरुद्ध भएको थियो। पातीचौर देउपुर लप्सीबोट सडकको कोरुंगा खण्डको झण्डै दुई किलो मिटर पक्की सडक क्षतिग्रस्त भएको छ। यसवर्ष पनि सो सडक पूर्णरूपले अवरुद्ध बनेको छ।
गाउँपालिकाको केन्द्र जोड्ने मुख्य सडक नै अवरुद्ध भएपछि स्थानीयले निकै सास्ती बेहोर्नु परेको छ। अन्य वैकल्पिक सडकसमेत मर्मत सम्भार नहुँदा आवतजावतमा निकै समस्या परेको स्थानीय शिक्षक भूमिराज शर्माले जानकारी दिनुभयो। विकल्पको रूपमा रहेको बेतेनी गौँडा टापु सडक पनि स्तरोन्नति नहुँदा सञ्चालनमा कठिनाइ भएको उनले बताए। नयाँपुल मख ठूली पोखरी सडक पनि ठाउँ ठाउँमा पहिरो गएर क्षतिग्रस्त भएको छ।
वातावरणीय र भौगोलिक अवस्थालाई ख्याल नगरी अव्यवस्थित किसिमले सडक निर्माण गरिएको र ढल निकासको राम्रो व्यवस्था नभएका कारण ग्रामीण भेगका सडक निर्माण सम्पन्न नहुँदै क्षतिग्रस्त हुने गरेका छन्। वर्षाको समयमा गरिने निर्माण कार्यले पनि विपत्ति निम्त्याइरहेको स्थानीय बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
