सुनसरी सोमबार बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन्।
इटहरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान बस र माइक्रोबस ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस ठोक्किएका हुन्।
दुर्घटनामा ज्यान गुमाउनेहरूमा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगरका अशोक यादव र एक अन्दाजी ४५ वर्षीया महिला रहेको प्रहरीले जनाएको छ।
घाइते भएका २३ जनामध्ये केहीको अवस्था सामान्य रहेको र केहीको मध्यम चोट रहेको प्रहरीले जनाएको छ। उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पताल, बिराट नर्सिङ होम र जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ। घाइतेहरू मोरङ, खोटाङ, उदयपुर, झापा, इलाम, सप्तरी र सुनसरीका बासिन्दा रहेको बताइएको छ।
प्रहरीले बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
