मतदाता सूचीमा धाँधली भएको आरोप लगाउँदै संसद् भवनबाट निर्वाचन आयोगको कार्यालयसम्म मार्च गरिरहेका विपक्षी गठबन्धनका सांसदलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।
मतदाता सूचीमा धाँधली भएको आरोप लगाउँदै संसद् भवनबाट निर्वाचन आयोगको कार्यालयसम्म मार्च गरिरहेका विपक्षी गठबन्धनका सांसदलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको नेतृत्वमा भएको यो मार्चमा प्रियंका गान्धी, सञ्जय राउत, डिम्पल यादव लगायतका नेता सहभागी थिए।
प्रहरीले नियन्त्रणमा लिएपछि राहुल गान्धीले यसलाई राजनीतिक लडाइँ नभई ‘संविधान बचाउने’ र ‘एक व्यक्ति एक मत’को लडाइँ भएको बताएका छन्। उनले निर्वाचन आयोगले ‘स्वच्छ मतदाता सूची’ उपलब्ध गराउनुपर्ने माग गरे। “यो राजनीतिक लडाइँ होइन, हामी संविधान र 'एक व्यक्ति एक मत'को अधिकार बचाउन लडिरहेका छौँ,” उनले भने “त्यसैले हामीलाई स्वच्छ मतदाता सूची चाहिन्छ।”
गत हप्ता उनले पत्रकार सम्मेलनमा लोकसभा तथा महाराष्ट्र र हरियाणा विधानसभा चुनावमा मतदाता सूचीमा ‘ठूलो मात्रामा धाँधली’ भएको दाबी गरेका थिए। “मेसिन-रिडेबल मतदाता सूची उपलब्ध नगराउनु भनेको महाराष्ट्रमा भोट ‘चोरी’ गर्न निर्वाचन आयोगले भाजपासँग मिलेर काम गरेको प्रमाण हो,” उनले भनेका थिए।
यता, दिल्ली प्रहरीले निर्वाचन आयोगले ३० जना सांसदलाई भेट्न अनुमति दिएको भए पनि धेरै सांसद आएकाले उनीहरूलाई नियन्त्रणमा लिनुपरेको जनाएको छ। प्रहरीले प्रदर्शनकारीलाई हिरासतमा राख्ने निर्देशन रहेको भन्दै मिडियालाई पनि निर्वाचन आयोगको गेटबाट टाढा रहन भनेको छ। एक प्रहरी अधिकारीले नाम न छाप्ने शर्तमा बीबीसी हिन्दीका संवाददाता आशा येडगेलाई भने, “हामीलाई प्रदर्शनकारीलाई हिरासतमा राख्न निर्देशन प्राप्त भएको छ र मिडियालाई पनि निर्वाचन आयोगको मुख्य गेटबाट टाढा रहन भनिएको छ।”
विपक्षी दलको विरोधमा प्रतिक्रिया दिँदै भाजपा नेता धर्मेन्द्र प्रधानले यो निर्वाचन आयोगको नियमित प्रक्रिया भएको बताए। उनले विपक्षी सांसदले अनावश्यक रूपमा झूटको पहाड बनाइरहेको आरोप लगाए। यसअघि, निर्वाचन आयोगले राहुल गान्धीको आरोपलाई ‘भ्रामक’ भन्दै लिखित रूपमा गुनासो दर्ता गर्न भनेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
