वेम्बलीको बन्द हलमा नेपाली संगीतको इतिहासमै पहिलोपटक १० हजार दर्शक जुटाएर नेपथ्यले आफ्नै पुरानो रेकर्ड तोडेको छ।
काठमाडौँ– नेपाली सांगीतिक ब्यान्ड ‘नेपथ्य’ले बेलायतको प्रसिद्ध वेम्बली एरिनामा शनिबार साँझ १० हजार दर्शकमाझ विशेष प्रस्तुति दिएको छ। १२ वर्षअघि पनि यही हलमा प्रस्तुति दिएको नेपथ्यले यसपटक आफ्नै पुरानो रेकर्ड तोड्दै नेपाली संगीतको इतिहासमा नयाँ मानक कायम गरेको हो।
‘कोशीको पानी’ गीतबाट प्रस्तुति शुरू गर्दै नेपथ्यका मियो गायक अमृत गुरुङले हरेक गीतको पृष्ठभूमि सुनाएर नेपाली भाषा र संस्कृतिको महत्त्वबारे चर्चा गरेका थिए। उनले ‘आँगनैभरि’, ‘रेशम’, ‘रातो र चन्द्र सूर्य’, ‘हिमाल चुचुरे’ लगायतका चर्चित गीतहरू गाएका थिए।
ब्यान्ड व्यवस्थापक नेपालयका किरणकृष्ण श्रेष्ठले नेपथ्यले यसपटक वेम्बलीमा पहिलो पटक बन्द हलभित्र यति ठूलो संख्यामा दर्शक जुटाउन सफल भएको बताए। यो वेम्बली यात्रा बेलायतका ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ले आयोजना गरेका हुन्।
नेपथ्य टोली वेम्बलीपछि डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा पनि आफ्नो सांगितिक प्रस्तुति दिन जाने कार्यक्रम रहेको छ। मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिएका थिए।
गायक अमृत गुरुङसँग उकालोले गरेको संवाद भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
