विज्ञहरूले जलवायुजन्य विपद्का घटनाबाट हुने जनधनको क्षति घटाउनका लागि सीमापार पूर्वसूचना सम्प्रेषण प्रणाली र अन्तरनिकाय समन्वयको आवश्यकता रहेको बताएका छन्।
काठमाडौँ– जलवायु परिवर्तनविज्ञहरूले हिम जलाधार क्षेत्रमा बढ्दो जोखिम र सम्भावित क्षतिका घटना न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक रहेकामा जोड दिएका छन्।
नेपाल वातावरण पत्रकार समूहले सोमबार आयोजना गरेको अन्तरक्रियामा विज्ञहरूले जलवायु संकटले निम्त्याउने जोखिम र हानि घटाउन सीमापार पूर्वसूचना सम्प्रेषण प्रणाली अपरिहार्य रहेको धारणा राखेका हुन्। उनीहरूले अन्तरदेशीय सूचना सम्प्रेषण र अन्तरनिकाय समन्वय नहुँदा जलवायुजन्य प्रकोपले जनधनको क्षति बढाइरहेको बताए।
कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का जलवायु र वातावरण विभाग प्रमुख डा. चाङ छ्याङकोङले जलवायुजन्य घटना सम्बोधन गर्न अध्ययन अनुसन्धान जरुरी रहेको बताए। विकसित देशहरूले अल्पविकसित देशलाई प्रविधि र ज्ञान हस्तान्तरण गरेमा पर्वतीय देशहरूले लाभ प्राप्त गर्ने उनको भनाइ थियो।
जलवायुविज्ञ डा. धर्म उप्रेतीले बहुप्रकोपका घटना बढिरहँदा नेपाल एक्लैले समस्या समाधान गर्न नसक्ने भन्दै अन्तरदेशीय सहकार्य अपरिहार्य रहेको बताए। भारत र चीनमा भइरहेका जलवायुजन्य घटना नेपालका लागि सिकाइ हुनसक्ने बताउँदै उनले हिमाली क्षेत्रमा तापक्रम वृद्धिले क्षतिका घटना बढेर जाने खतरा रहेको उल्लेख गरे।
हिमबाढी अध्येता श्रीकमल द्विवेदीले जलवायु जोखिमका घटना न्यूनीकरण गर्न नेपालले आफ्नो क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिँदै हिमताल फुटेर मात्रै हिमबाढी नहुने भएकाले यसतर्फको अध्ययन बढाउनुपर्ने खाँचो औँल्याए। जलवायुजन्य बहुप्रकोपका घटना हुन नदिन र क्षति न्यूनीकरण गर्न विशेष निकाय स्थापना गर्नुपर्ने बताउँदै उनले हिमबाढीको क्षति आकलन हुन नसक्दा विकासका आयोजनामा असर हुन थालेको चर्चा गरे।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वातावरण निरीक्षक रिना चौधरीले जोखिम न्यूनीकरण र घटनापछिको अवस्थामा सहजीकरण गर्न प्राधिकरण क्रियाशील रहेको बताइन्। समन्वयकारी निकाय भएकाले प्राधिकरणले सोहीअनुसार काम गरिरहेको जानकारी गराए।
समूहका पूर्वअध्यक्ष कसमस विश्वकर्मा र वातावरणविद् डा. विनोद भट्टले प्रकोप न्यूनीकरणका घटनामा पत्रकार र सञ्चार माध्यमलाई समयसापेक्ष तालिम, कार्यशाला र अनुशिक्षण आवश्यक रहेको सुझाव दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
