वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
काठमाडौँ– वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
अवरुद्ध भएका सडकहरूमा संखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, खोटाङको हलेसी तुवाचुङ नगरपालिकास्थित मध्यपहाडी लोकमार्ग, रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग, रसुवाकै उत्तरगया गाउँपालिकास्थित गल्छी–त्रिशूली–मैलुङ सडक, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग रहेका छन्।
त्यसैगरी बागलुङको बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित वेनी–जोमसोम–कोरला सडक र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित मध्यपहाडी राजमार्ग, बागलुङको बागलुङ नगरपालिका दब्ल्याङस्थित कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, तनहुँको पृथ्वीराजमार्ग एकतर्फी रूपमा सञ्चालन गर्न सकिने अवस्थामा छन्।
त्यसैगरी, पर्वतको जलजला गाउँपालिकास्थित बेनी–मालढुंगा सडक, दाङको लमही नगरपालिकास्थित राप्ती राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिकास्थित शहीद राजमार्ग एकतर्फी रूपमा सञ्चालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
