सप्तकोशीमा पानीको बहाव बढ्दो, १९ ढोका खोलियो

पूर्वीपहाडी तथा तराईका जिल्लाका विभिन्न स्थानमा पछिल्लो केही दिनयता निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढेको छ।

इनरुवा– पूर्वीपहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ।

सोमबार राति कोशी बराजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेन्ड पुगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए।

बहाव बढ्दो क्रममा रहेकाले बराजका ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ। खतराको संकेतस्वरुप रातो बत्ती बालिएको उनले जानकारी दिए।