कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ। स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले मध्यरातमा समेत बालुवा निकाल्ने गरेका छन्।
गलकोट– बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ। असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानूनी व्यवस्थाविपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोहन भइरहेको छ।
कालीगण्डकी नदीको बागलुङ र पर्वततर्फको दजर्नभन्दा बढी स्थानमा अवैध रूपमा बालुवा निकालिएको छ। स्थानीयको आँखा छल्न क्रसर व्यवसायीले नदीजन्य पदार्थको मध्यरातमा समेत दोहन गरिरहेका छन्।
शनिबार राति ९ बजे सहस्रधारा क्षेत्रको भाटेखोला बगरमा कालीगण्डकीको दोहन भइरहको थियो। एउटा मेसिनले कालीगण्डकीबाट बालुवा निकाल्दै थियो भने पाँच वटा टिपरले बालुवा बोकेर लैजाँदै थिए। बागलुङको भाटेखोला बगर मात्रै हैन एक दर्जन स्थानबाट अहिले नदीजन्य पदार्थको दोहन गरेर नदी छेउमै भण्डारण गरिएको देख्न सकिन्छ।
बर्खाको समयमा उर्लेको कालीगण्डकीले ल्याउने बालुवा अवैध रूपमा संकलन गरी हिउँदभरी उपभोक्तालाई चर्को मूल्यमा बिक्री गर्दै आइरहेका छन्। नदीजन्य पदार्थ रातिमा संकलन गरिरहेको स्थानीय बताउँछन्।
बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ र भाटेखोला–१३ नम्बर वडाको कालाखोला बगरलगायत स्थानमा दोहन भइरहेको कालीगण्डकी बचाउ अभियानका संयोजक आरके अदिप्त गिरीले बताए। नदी दोहन भइरहँदा स्थानीय सरकारले कडाइ गर्नुपर्नेमा उनले जोड दिए।
म्याग्दी, पर्वत र बागलुङ भएर बग्ने कालीगण्डकी दोहोनले शालग्राम शिलासमेत संकटमा परेको छ। पर्वत खण्डमा नदीजन्य पदार्थको बढी दोहन भइरहेको छ। बागलुङतर्फको सहस्रधारा पारीको भाटेखोला, खनियाघाट र दब्ल्याङ क्षेत्रमा दोहन भइरहेको छ।
असारदेखि भदौ १५ गतेसम्म दोहन गर्न नपाइने कानूनी व्यवस्था भए पनि मध्यबर्खामा नदीजन्य पदार्थ सञ्चित गर्ने समयमा कालीगण्डकी नदीको दोहन भइरहँदा स्थानीय तह, प्रशासन र जिल्ला समन्वय समिति एकले अर्कालाई दोष दिएर पन्छने गरेका छन्।
नदी दोहन रोक्नका लागि पटक–पटक नागरिकस्तरबाट भइरहेका प्रयासलाई सम्बन्धित निकायले बेवास्ता गरेको गिरीको भनाइ छ। उनका अनुसार प्रहरी प्रशासन र स्थानीय तहको मौनताका कारण दोहनले प्रश्रय पाइरहेको हो।
“प्रहरी प्रशासनको मिलेमतोबिना दोहन सम्भव छैन, मालढुंगामा प्रहरी छ, नजिकै दोहन भइरहेको छ,” गिरीले भने, “गण्डकी सभ्यता जोगाउन कालीगण्डकीलाई दोहनमुक्त बनाएर संरक्षणको सूचीमा राखौँ।”
ढुंगा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार नदी तथा खोला किनारबाट ५०० मिटर टाढा मात्रै ढुंगा, गिटी, बालुवा उत्खनन गर्न पाइने व्यवस्था छ। तर यहाँ नदीको बीच भागबाटै दोहन भइरहेको उनको भनाइ छ ।
नियमविपरीत नदी दोहन जारी राख्दा बागलुङ नगरपालिका–१ स्थित माझी बस्ती, मालढुंगा तथा कालाखोला बगर क्षेत्रका घर बाढीको उच्च जोखिममा पर्न थालेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
