वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि नारायणी अस्पताल परिसरमा उनका आफन्तहरूले प्रदर्शन गरेका छन्।
पर्सा– वीरगन्ज कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएपछि नारायणी अस्पताल परिसरमा उनका आफन्तहरूले प्रदर्शन गरेका छन्।
मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटिरहेका वीरगन्ज महानगरपालिका–२५ का राहुलकुमार साह रहेका छन्। कारागार प्रमुख खिमराज भुसालका अनुसार, मंगलबार बिहान छाती दुख्ने र फुल्ने समस्या देखिएपछि उनलाई नारायणी अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भयो।
साह २०७९ सालदेखि कैद भुक्तान गर्दै आइरहेका थिए। पर्सा प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले अस्पताल परिसरमा तनाव बढेपछि सुरक्षाकर्मी खटाइएको जानकारी दिए। “अस्पताल परिसरमा पर्याप्त सुरक्षाकर्मी खटाएर शान्तिसुरक्षा कायम गर्ने प्रयास गरिरहेका छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
