गृहमन्त्री लामिछानेले बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणको चाँडोभन्दा चाँडो प्रतिवेदन पेस गर्ने गरी स्वतन्त्रपूर्वक छानबिन गर्न सीआईबीलाई निर्देशन दिएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई निर्देशन दिएका छन्।
गृह मन्त्रालयमा सोमबार गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह लगायतका उच्च सुरक्षा अधिकारीसहितको छलफलका क्रममा मन्त्री लामिछाने यस्तो निर्देशन दिएका हुन्।
गृहमन्त्री लामिछानेको सचिवालयका संयोजक दीपक बोहराका अनुसार निर्मला कुर्मी मृत्यु प्रकरणको चाँडोभन्दा चाँडो प्रतिवेदन पेस गर्ने गरी स्वतन्त्रपूर्वक छानबिन गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन्।
मन्त्री लामिछानेले प्रहरी अनुसन्धानको अहिलेसम्मको अवस्थाबारे जानकारी लिएका थिए। उनले निर्मला कुर्मीको न्यायका लागि अनशनरत रुवि खानलाई टेलिफोन गरेर अनशन स्थगन गरी अनुसन्धानलाई सहज बनाइदिन आग्रहसमेत गरेका थिए।
कुर्मीको न्यायका लागि अधिकारकर्मी खानसहितको समूहले काठमाडौँको माइतीघरमा तेस्रो चरणको धर्ना दिइरहेको छ। उनीहरूले कुर्मीको हत्याको घटना छानबिन गर्न न्यायिक समिति गठन गर्न, तमसुकमा भएको सही छाप परीक्षण गर्न, कुर्मीको मुद्दालाई अदालतमा पुर्याउन र आन्दोलनकारीको सुरक्षा प्रत्याभूति गर्न माग गरेका छन्।
नेपालगन्ज उपमहानगरपालिका-१७ की एकल महिला कुर्मीको शंकास्पद मृत्यु भएको थियो। सरकारले पटक-पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको उनीहरूले बताउँदै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
