वीरगन्ज कारागारमा कैद भुक्तान गरिरहेका एक जनाको उपचारका क्रममा मृत्यु भएपछि घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, पर्साले समिति गठन गरेको छ।
पर्सा– वीरगन्ज कारागारका कैदी राहुलकुमार साह तुराहाको उपचारका क्रममा मृत्यु भएपछि घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय पर्साले समिति गठन गरेको छ।
मंगलबार बिहान व्यायाम गर्ने क्रममा अस्वस्थ भएपछि २८ वर्षीय साहलाई नारायणी अस्पताल लगिएको थियो। तर, चिकित्सकले थप उपचारका लागि अन्यत्र सिफारिस गर्दा पनि कारागार प्रशासनले अनुमति नदिँदा उनको उपचारमा ढिलाइ भएको र त्यसकै कारण मृत्यु भएको आरोप आफन्तले लगाएका छन्। उनको छाती दुख्ने र फुल्ने समस्या देखिएको थियो।
आफन्तले अस्पतालबाहिर दिनभर प्रदर्शन गर्दै कारागार प्रशासन र अस्पताल दुवैको लापरबाहीबारे छानबिनको माग गरेपछि प्रशासनले छानबिन समिति बनाएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको छ। यस समितिमा मृतकका परिवार, पत्रकार, मानवअधिकारकर्मी, प्रहरी र अस्पताल प्रशासनका प्रतिनिधिसमेत रहेका छन्।
समितिलाई घटनाको वास्तविक कारण र लापरबाही भए/नभएकोबारे बुझेर १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
यता, नारायणी अस्पताल प्रशासनले भने साहको तत्काल उपचार सुरु गरिएको र उनलाई आईसीयूमा सार्ने तयारी गर्दागर्दै आकस्मिक कक्षमै मृत्यु भएको दाबी गरेको छ। साह २०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
