मन्त्रालयले खटाएको ठाउँमा नगएका अन्य ३५ जना कर्मचारीलाई पनि हाजिर हुन बुधबारसम्मको समय दिएको छ।
काठमाडौँ– गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने दुई जना कर्मचारीलाई कारबाही गरेको छ। गृह मन्त्रालयका सचिवस्तरको निर्णयबाट एक शाखा अधिकृत र एक नायब सुब्बाको ‘गैलकट्टी’ गरिएको हो। मन्त्रालयले खटाएको ठाउँमा नगएका अन्य ३५ जना कर्मचारीलाई पनि हाजिर हुन अल्टिमेटम दिएको छ।
गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख सहसचिव छवि रिजालका अनुसार कारबाहीमा पर्नेमा शाखा अधिकृत दिनेश सिवाकोटी र नायब सुब्बा सुवास पौडेल रहेका छन्। मन्त्रालयले शाखा अधिकृत सिवाकोटीलाई इलाका प्रशासन कार्यालय चौरजहारी, रुकुम पश्चिम खटाएको थियो। तर उनी त्यहाँ नगएर निर्वाचन आयोगमा सरुवा गराएका थिए। यसका लागि उनको ६१ दिनको गैलकट्टी गरिएको छ।
नायब सुब्बा पौडेलको गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय गुल्मीमा सरुवा भएको थियो। तर उनी पनि त्यहाँ नगई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएर गएका थिए। उनको हकमा ५१ दिनको गैलकट्टी गरिएको छ। सहसचिव रिजालले दुवै कर्मचारीलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नआएपछि कारबाही गरिएको बताए।
मन्त्रालयले खटाएको कार्यालयमा हाजिर हुन बाँकी रहेका ३४ जना शाखा अधिकृत र एक जना नायब सुब्बा गरी कुल ३५ जना कर्मचारीलाई साउन २८ गतेसम्मको समय दिएको छ। तोकिएको समयभित्र उनीहरू खटाएको कार्यालयमा हाजिर नभए निजामती सेवा ऐन/नियमअनुसार थप कारबाही गरिने महाशाखा प्रमुख रिजालले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
