बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन्।

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन्।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री बानियाँले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो।

कुल ११० सदस्यीय प्रदेशसभामा मंगलबार ९२ जना सदस्य उपस्थित थिए। मुख्यमन्त्री बानियाँको पक्षमा ६३ जनाले मतदान गरेका थिए। विपक्षमा २२ र तटस्थमा सात जनाले मत दिएका थिए।

मत विभाजनपछि मुख्यमन्त्री बानियाँले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख भुवनकुमार पाठकले घोषणा गरेका थिए।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि बानियाँले मंगलबार विश्वासको मत लिएका हुन्।

नेपाली कांग्रेस र नेकपा एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११:०० बजे बस्नेछ।