चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा अविरल वर्षाका कारण शनिबार हिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको थियो।

गलकोट– चट्टानसहितको पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङखण्ड चार दिनपछि सञ्चालनमा आएको छ। बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा शनिबार अविरल वर्षाका कारण पहिरो खस्दा करिडोर अवरुद्ध भएको थियो।

अवरुद्ध सडकमा मंगलबार रातिदेखि यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए। 

ठूला मालवाहक सवारी सञ्चालनका लागि थप चट्टान काट्ने कामसमेत भइरहेको छ। पहिरोका कारण ४० मिटर सडकको ट्रयाक नै परिवर्तन गरिएको उनले बताए।