डब्लूएचओले आवश्यकभन्दा कम सहायता सामग्री मात्रै गाजामा भित्र्याउन सकेको छ। धेरै सामग्रीलाई अझै इजरायली पक्षले प्रवेश गर्न दिएको छैन।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गाजाको स्वास्थ्य सेवा चरम संकटमा रहेको जनाएको छ।
डब्लुएचओले गाजाको स्वास्थ्य संकटलाई ‘विपत्तिपूर्ण’ भन्दै महत्त्वपूर्ण चिकित्सा सामग्री भण्डारण गर्न अनुमति दिन मंगलबार इजरायलसँग आग्रह गरेको हो।
डब्लूएचओका फिलिस्तीनी क्षेत्र प्रतिनिधि रिक पीपरकोर्नले गाजामा हाल ५२ प्रतिशत औषधिको भण्डारण शून्य अवस्थामा रहेको बताए।
“सम्भावित आक्रमण अघि अस्पताललाई शीघ्र रूपमा आपूर्ति पुर्याउन चाहन्छौँ,” उनले भने, “तर अहिलेको अवस्थामा त्यो सम्भव भएको छैन।” उनका अनुसार, गाजामा ५० प्रतिशत अस्पताल र ३८ प्रतिशत प्राथमिक स्वास्थ्य केन्द्र आंशिक रूपमा मात्र सञ्चालनमा छन्।
इजरायलले आफ्नो सेनाले गाजा सिटी नियन्त्रणमा लिने योजना अघि बढाउने बताएको छ। जसले विश्वभर आलोचना निम्त्याएको छ। यही अपस्थामा डब्लूएचओले पनि चिन्ता व्यक्त गरेको हो।
संयुक्त राष्ट्रसंघका निकायहरूले गत महिना गाजामा खाद्यवस्तुको अभाव हुन थालेको बताएका थिए। जसको कारण इजरायलले सहयोग आपूर्तिमा कडा रूपमा प्रतिबन्ध लगाएको छ।
पीपरकोर्नका अनुसार डब्लूएचओले आवश्यकभन्दा कम सहायता सामग्री मात्रै भित्र्याउन सकेको छ। धेरै सामग्रीलाई अझै इजरायली पक्षले प्रवेश गर्न नदिएको उनको भनाइ छ।
“हालको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर छ। भोकमरी र कुपोषणले गाजालाई लगातार प्रभावित गरिरहेको छ,” उनले भने। अगस्ट ५ सम्मको तथ्यांकअनुसार, कुपोषणका कारण यो वर्ष १४८ जनाको ज्यान गइसकेको छ।
जुलाईमा ५ वर्षमुनिका करिब १२ हजार बालबालिका तीव्र कुपोषणबाट ग्रस्त भेटिएका थिए। जुन अहिलेसम्म गाजामा एकै महिनामा देखिएको सबैभन्दा उच्च संख्या हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
