यो त्यही सहकारी हो, जसमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको समेत नाम जोडिएको थियो। तर, सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाउँदा भने उनलाई प्रतिवादी बनाएको छैन।
काठमाडौँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललितपुरको मितेरी सहकारी ठगी प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरमा प्रतिवेदन बुझाएको छ।
बुधबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए। सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदनको अध्ययन गरेर अब ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ।
यो त्यही सहकारी हो, जसमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको समेत नाम जोडिएको थियो। तर, सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाउँदा भने गुरुङलाई प्रतिवादी बनाएको छैन। प्रवक्ता खड्काका अनुसार मितेरी सहकारी ठगी प्रकरणमा ८ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाइएको हो।
“अनुसन्धान गर्दै जाँदा तथ्य प्रमाणले ज–जसको संलग्नता देखिन्छ। उनीहरूलाई नै मुद्दा चलाउने हो,” एसपी खड्काले भने, “अनुसन्धानमा नदेखिएकालाई मुद्दा चलाइँदैन। यो-ऊ भन्ने हुँदैन।” उनले धनराज गुरुङ प्रहरीको अनुसन्धान प्रतिवेदनमा प्रतिवादी नरहेको प्रष्ट पारे।
मितेरी सहकारी ठगी प्रकरण सार्वजनिक भएपछि यसमा गुरुङको नाम मुछिएको थियो। गुरुङमाथि अनुसन्धान हुनुपर्ने मागसमेत उठेको थियो। सीआईबीले अनुसन्धानकै क्रममा गुरुङलाई बोलाएर बयान लिने र उनको बैंक खाता विवरण लगायतको अध्ययन पनि गरेको थियो।
अनुसन्धानकै क्रममा सीआईबीले गुरुङको २०७५ देखिकै बैंकिङ विवरण नेपाल राष्ट्र बैंकबाट मगाएर अध्ययन गरेको थियो।
“अनुसन्धान गर्दै जाँदा उहाँको संलग्नता हुने कुनै तथ्यगत प्रमाण भेटिएन। त्यसो हुँदा प्रतिवादी बनाउने कुरा भएन,” एक अनुसन्धान अधिकृतले भने, “पक्राउ परेकाहरूले बयानमा पनि उहाँको नाम नै लिएनन्।”
तर, धनराजकी पूर्वपत्नी ज्योति गुरुङलाई भने प्रहरीले प्रतिवादी बनाएको छ। उनी अहिले पनि फरार नै छिन्। त्यस्तै, अन्य प्रतिवादीहरूमा ज्योतिबहादुर भण्डारी, सुवास खत्री, सुरेश अधिकारीलगायत ७ जना छन्।
सीआईबीका प्रवक्ता खड्काले सहकारीको १७ करोड रकम ठगी भएको उल्लेख गर्दै सोहीअनुसारको बिगो मागदाबी गरिएको बताए। त्यस्तै, ज्योति भण्डारी, सुवास खत्रीको समूहले हुन्डी र क्रिप्टो कारोबार समेत गरेको भेटिएको भन्दै सीआईबीले हुन्डी र क्रिप्टो कसुरमा पनि मुद्दा चलाउन सिफारिस गरेको छ।
यो समूहले ६ अर्ब रुपैयाँभन्दा बढीको हुन्डी र क्रिप्टो मार्फत् कारोबार गरेको अनुसन्धानले देखाएको छ। भण्डारीलाई गत असार ४ गते राति कम्बोडियाबाट पक्राउ गरेर ल्याइएको थियो।
सम्बन्धित समाचार
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||


