ज्यान मार्ने उद्योगको मुद्दाका लागि चक्रे मिलनलाई भक्तपुर लगियो

अभद्र व्यवहारको कसुरमा धरौटी माग भए पनि उनी तत्काल नछुट्ने भएका छन्।

काठमाडाैँ– ज्यान मार्ने उद्योगको मुद्दाका लागि मिलन गुरुङ उर्फ चक्रे मिलनलाई भक्तपुर लगिएको छ। अभद्र व्यवहारको कसुरमा धरौटी माग भए पनि उनी तत्काल नछुट्ने भएका छन्।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको बुधबारको इजलासले चक्रेलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको कसुरको मुद्दा पनि भएकाले उनलाई फेरि नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँले भक्तपुर प्रहरीको जिम्मा लगाएको हो।