राष्ट्रिय विद्यालय स्तरीय नाटक महोत्सव हुँदै

'थिएटर इन एजुकेसन' अन्तर्गत नाट्य विधा पढाइ हुने विद्यालयहरू लक्षित गरी आगामी भदाै दुई गतेदेखि दोस्रो राष्ट्रिय विद्यालय स्तरीय नाटक महोत्सव हुने भएको छ।

काठमाडाैँ–  'थिएटर इन एजुकेसन' अन्तर्गत नाट्य विधा पढाइ हुने विद्यालयहरू लक्षित गरी आगामी भदाै दुई गतेदेखि दोस्रो राष्ट्रिय विद्यालय स्तरीय नाटक महोत्सव हुने भएको छ।

पहिलो संस्करण लालाबालाले आयोजना गरेकोमा यसपटक अक्षरा स्कुलले गर्न लागेको हो। सबै नाटक पिंगलास्थानको स्टुडियो थिएटरमा मञ्चन हुने आयोजकले जनाएको छ। यस महोत्सवमा काठमाडौँका १५ नीजि विद्यालयका नाटक मञ्चन हुनेछन्।

ती विद्यालयसँग आबद्ध १५ जना अनुभवी रंगकर्मीहरूको लेखन/निर्देशनमा १७ नाटक मञ्चन हुनेछन्। रामबाबु रेग्मी, दिपा बस्नेत, प्रभाकर न्यौपाने, दिपिन श्रेष्ठ, राम केसी, मन्जु गिरी, पुष्पराज अवस्थी, प्रतीक दुलाल, सुरज तमु, सागर कान्छो, शिवराम अर्याल, निर्मल साउद, बंसरी पान्डे, प्रकाश दाहाल र टंक चौलागाईंको लेखन तथा निर्देशनमा ती नाटक प्रस्तुत गरिने आयोजकले जनाएको छ।

महोत्सवमा सहभागी विद्यालयहरूमा भ्याली भ्यु स्कुल, लिटिल एन्जल्स स्कुल, ग्ल्याडस्टोन  एकेडेमी, पिक प्वाइन्ट एजुकेसन नेटवर्क, ग्लोबल पब्लिक  स्कुल, निस्ट स्कुल, कान्जिरोवा राष्ट्रिय माध्यामिक विद्यालय, टाइम्स इलिमेन्ट्री स्कुल, आकाशगंगा इन्टरनेसनल एकेडेमी, रोजबड स्कुल, क्रीएटिभ एकेडेमी, द जोय हाउस कलेक्टिव, पवन प्रकृति  स्कुल, काष्ठमण्डप विद्यालय, काठमाडाैँ प्रज्ञा कुञ्ज स्कुल, हिमालयन ह्वाइट हाउस स्कुल र अक्षरा स्कुल रहेका छन्।

महोत्सव आयोजनाको सन्दर्भमा अक्षरा स्कुलकी निर्देशक अन्जु भट्टराई भन्छिन्, “विद्यालयमा थिएटर शिक्षा अहिलेको आवश्यकता हो। हाम्रो महोत्सवमा पन्ध्र वटा विद्यालयहरू जेडिनु भएको छ। वहाँहरूको नाटक हेर्नलाई सबैलाई निमन्त्रणा गर्दछु।”

महोत्सव ६ गतेसम्म चल्नेछ।