खुकुरी प्रहार गर्ने तीन विद्यार्थी आरआर क्याम्पसबाट निकालिए

आरआर क्याम्पसले हिंसात्मक गतिविधिमा संलग्न तीन विद्यार्थीलाई निष्कासित गरेको छ। 

काठमाडौँ– रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)ले हिंसात्मक गतिविधिमा संलग्न तीन जना विद्यार्थीलाई निष्कासित गरेको छ। 

यही पुस १३ गते  बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी दिए।

आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा रहेका गरी चार जना विद्यार्थी घाइते भएका थिए।