रिडी–तम्घास सडक पहिरोले अवरुद्ध

रुरुक्षेत्र गाउँपालिका–३ स्थित बाख्रे भीरमा बिहीबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्डमा पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध भएको छ। रुरुक्षेत्र गाउँपालिका–३ स्थित बाख्रे भीरमा बिहीबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ। निरन्तरको वर्षाले काममा अवरोध भएको छ। 

वर्षा रोकिनासाथ अवरोध हटाएर यातायातका साधनलाई  सञ्चालनको अनुमति दिइने उनले बताए। यो सडक नखुलेसम्म पानीट्याङकी–थोर्गा–सालबिसौन वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।