रवि लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रारम्भदेखि नै अलग्गै एउटा कोठामा राखिएको कारागार कार्यालयले जनाएको छ।
काठमाडौँ– रुपन्देही जिल्ला कारागार कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनिएको काेठाको झ्यालबाट प्लाइउड हटाएर जाली राखिएको जनाएको छ।
बिहीबार विज्ञप्ति जारी गर्दै कारागार कार्यालयले लामिछाने बस्ने कोठाको झ्यालबाट साबिकमा रहेको प्लाइउड हटाइएको जनाएको हो।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने चार महिनादेखि उक्त सहकारी ठगी एवं संगठित अपराध मुद्दामा थुनुवाको रूपमा रहेका छन्। उनको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रारम्भदेखि नै अलग्गै एउटा कोठामा राखिएको विज्ञप्तिमा उल्लेख छ।
“निजलाई प्रारम्भदेखि नै उपलब्ध गराइएको टेलिफोन तथा भेटघाट गर्ने सुविधा निरन्तर कायम छ,” विज्ञप्तिमा भनिएको छ।
उक्त कारागारमा २५० जना बन्दी राख्ने क्षमता रहेकोमा हाल ६४० जना बन्दी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
