नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुंगाले ट्रकलाई लाग्दा तीन जना घाइते भएका छन्।
मुग्लिन– नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुंगाले ट्रकलाई लाग्दा तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको भारतीय नम्बरप्लेटको ट्रकमा इच्छाकामना गाउँपालिकाको तीन नम्बर पुलनजिकै ढुंगा खसेको थियो।
घाइते हुनेहरूमा ट्रक चालक ४५ वर्षीय मेगु प्रसाद, उनका छोरा १८ वर्षीय सयद अफिद र ट्रकमै सवार २१ वर्षीय नहमान धुनियाँ रहेका छन्।
चालक मेगु प्रसादको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य दुईको अवस्था सामान्य छ। तीनै जनाको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
