पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४, ठूल्ढुंगामा बिहीबार साँझ भएको दुर्घटनामा २१ जना घाइते भएका छन्।
दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-४, ठूल्ढुंगामा बिहीबार साँझ भएको दुर्घटनामा २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको ग१ख ७३२९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ०१-००६ ख ६५०३ नम्बरको विद्युतीय माइक्रो आपसमा ठोक्किएका हुन्। दुर्घटनामा बसमा सवार ११ जना र माइक्रोमा सवार १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माका अनुसार घाइते हुनेहरूमा तनहुँ, लमजुङ, नवलपरासी, चितवन, कास्की, म्याग्दी, महोत्तरी र धादिङका बासिन्दा छन्। केहीको नाम र ठेगाना खुलेको छ।
पहिचान हुलेकाहरू घाइतेहरूमा तनहुँका आशा दरै, साईन दरै, सोमबहादुर परियार, साननानी गुरुङ; लमजुङका गीता थापा कुँवर, अंशु कुँवर, बखतबहादुर गुरुङ; नवलपरासीका विशाल लामिछाने रहेका छन्।
त्यस्तै, चितवनका पर्शुराम भट्टराई र रचना भण्डारी; कास्कीका मेखकुमार गुरुङ, सम्झना ढकाल, ध्रुवराज सुवेदी, सचीन दुवा; म्याग्दीका क्षितिज शेरचन दाईने र सजिना पुन; महोत्तरीका सुवासचन्द्र यादव; नवलपुरका सीता श्रेष्ठ र समीर श्रेष्ठ; र धादिङका साने विश्वकर्मा पनि घाइते भएका छन्।
घाइते हुनेमा विद्युतीय माइक्रोका चालकको नाम र ठेगाना भने खुलेको छैन। घाइतेहरूको पोखराको मणिपाल शिक्षण अस्पताल, चितवन मेडिकल कलेज र लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
