२०७५ असार ३१ गते सम्झौता भएको आयोजनाअन्तर्गत सात लाख लिटरका दुईवटा संकलन ट्यांकीमा पानी खसाल्ने तथा गौडाकोट र रमेटार क्षेत्रमा वितरण गर्न बाँकी छ।
गलकोट– बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले उपभोक्तालाई लिफ्टमार्फत पानी वितरण गर्दा मासिक ५ लाख रुपैयाँ विद्युत् महसुल तिर्दै आएको छ। अधुरो लिफ्ट आयोजनाबाट खानेपानीको संकट टार्नका लागि पानी तान्दै आएको समितिले विद्युत् महसुलमा वार्षिक ६० लाख रुपैयाँ खर्चिँदै आए पनि महसुल छुट सुविधाबाट वञ्चित भएको छ।
आयोजना सम्पन्न नहुँदा गण्डकी प्रदेशले छुट दिने विद्युत् महसुलको लाभ लिन सकेको छैन। यस कारण लाखौँ नोक्सानी बेहोर्दै आएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ। निर्माण व्यवसायीले आयोजना सकेर हस्तान्तरण नगर्दा विद्युत् छुटको सम्झौता गर्न नसक्दा संघीय र प्रदेशले प्रदान गर्ने महसुल छुटमा जान नसकिएको समितिका कार्यवाहक अध्यक्ष हरिबहादुर जिसीले जानकारी दिए।
दुई वर्षमा सक्नेगरी २०७५ असार ३१ गते सम्झौता गरिएको बागलुङ नगर बृहत् खानेपानी लिफ्ट आयोजनाको ९५ प्रतिशत काम सकिए पनि खानेपानीलाई नयाँ संरचनाबाट वितरण गर्न अझै बाँकी छ। कनकाई जयमाता जेभीले २०७७ सालमा निर्माण सक्नेगरी ३० करोड २६ लाख ५१ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो। पछि आयोजनाको लागत ४ करोड थपिए पनि निर्माण व्यवसायीले आयोजनालाई सम्पन्न गर्नतर्फ ध्यान नदिँदा लाखौँको विद्युत् महसुल भुक्तानी गर्न नगर खानेपानी बाध्य भएको जिसीको भनाइ छ।
“गण्डकी प्रदेशको खानेपानी विद्युत् महसुल र संघीय खानेपानीले समेत विद्युत् महसुलमा छुट दिने योजना ल्याएको छ, मासिक ५ लाख महसुलमा केही छुट भए राहत मिल्ने थियो,” जिसीले भने, “रातामाटामा निर्माण गरिएको सात लाख लिटरको खानेपानी ट्यांकीमा पानी पुर्याइएको छैन, संस्थाले अस्थायी रूपमा लिफ्टको पानी पुरानै ट्यांकीमा राखेर वितरण गरिरहेका छौँ।”
गण्डकी प्रदेश सरकारले लिफ्ट खानेपानी आयोजना विद्युत् महसुल अनुदान कार्यविधि, २०७९ अनुसार आयोजनाको विद्युत् बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले २५ प्रतिशत रकम छुट पाउने व्यवस्था छ।
यस अनुसार वार्षिक ६० लाख विद्युत् महसुल तिर्दै आएको नगर खानेपानीले वार्षिक १५ लाख रुपैयाँ छुट पाउँदा राहत मिल्ने जिसीको भनाइ छ। बागलुङ बजारमा खानेपानीको चरम संकट भएपछि आयोजना अन्तिम चरणमा रहँदै २०८१ साल जेठबाट दुईवटा मोटरबाट खानेपानी तानेर लोकमार्ग नजिकैको पुरानो ट्यांकीमार्फत वितरण गरिँदै आइएको छ। ठूलो लिफ्ट आयोजनामा संघीय सरकारले पनि महसुल छुट दिने योजना ल्याएको छ।
लोकमार्गभन्दा माथि मिर्नाण गरेको नयाँ सात लाख लिटरका दुईवटा संकलन ट्यांकीमा पानी खसाल्ने र गौडाकोट र रमेटार क्षेत्रमा वितरण गर्न बाँकी छ। बागलुङ नगरपालिका–३ स्थित काठेखोलाको पानी कैलामपोखरीबाट २५० मिटरमाथि रातामाटामा पुर्याउने गरी आयोजना अन्तिम चरणमा पुगे पनि सम्पन्न नहुँदा विद्युत् महसुलको भार नगर खानेपानीलाई परेको छ ।
निर्माण व्यवसायी कृष्णहरि चौलागाईंले आयोजना सम्पन्नमा ढिलाइ भएको स्वीकार गरे। आयोजनास्थल भौगोलिक रूपमा कमजोर भएको, पहिरो व्यवस्थापन, कोरोना त्रासलगायत कारणले ढिलाइ भएको उनको दाबी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
